Saturday May 4, 2024
BS 2081 Baishak 22
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

काठमाडौंमा पानी पर्‍यो, मौसमविद भन्छन्- प्रि-मनसुनको संकेत हो

Mar 3, 2017 under National 834 , Environment 15

kathmandu_weather_rain

 

काठमाडौं उपत्यकामा बिहीबार साँझ एक्कासी पानी परेको छ । यसलाई मौसमविदहरुले मनसुन सुरु हुनु अघिको संकेतको रुपमा लिएका छन् ।

मौसमविद सुवास रिमालले अनलाइनखबरसँग भने, ‘मार्च, अपि्रल र मेलाई प्रि-मनसुनको सिजन मानिन्छ । आज परेको पानी पनि त्यही संकेत हो ।’

यो बेला स्थानीयस्तरमा विकसित जलवाष्पको कारण बादल बन्ने, चट्याङ पर्ने, हावा हुरी चल्ने र सानो ठाउँमा केही क्षणमात्र पानी पर्ने मौसमविदको भनाइ छ ।

मौसमविद रिमालका अनुसार शुक्रबार पनि काठमाडौं उपत्यकामा मौसममा बदली हुने र केही क्षण पानी पर्नसक्छ ।

बिहीबार काठमाडौं उपत्यकाको कहाँ-कहाँ पानी पर्‍यो भन्ने रेकर्ड भने मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखासँग छैन । मौसमविद रिमालले भने, ‘काठमाडौंमा एयरपोर्टमामात्र हाम्रो स्टेशन भएकाले अरु ठाउँको रेकर्ड पाउन सकिएको छैन ।’

पश्चिम नेपालमा भने पश्चिमी वायुको प्रभावको कारण मौसममा बदली भएको छ । पूर्वी नेपालका पहाडी जिल्लामा पनि मौसममा बदली भएको मौसमविद रिमालले जानकारी दिए ।

OnlineKhabar
No news.
Australian Dollar to Nepalese Rs